
विवेकशील साझा पार्टीद्वारा विभिन्न विभाग गठन, सञ्चारको जिम्मा सूर्यदीपलाई
काठमाडौं । विवेकशील साझा पार्टीले विभिन्न विभागहरू गठन गरी विभागीय प्रमुखहरू चयन गरेको छ । पार्टीको मुख्यालय बखुन्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले ११ वटा विभाग गठन गरेर प्रमुखहरू चयन गरेको हो ।
बैठकले संगठन विभागको प्रमुखमा महासचिव रञ्जु दर्शना, प्रशिक्षण विभागको प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार र नीति तथा कार्यक्रम विभाग प्रमुखमा उपाध्यक्ष मिलन पाण्डेलाई जिम्मेवारी प्रदान गरेको छ ।
यस्तै बैठक सूचना प्रविधि तथा सञ्चार विभाग प्रमुखको जिम्मा पार्टी केन्द्रीय सदस्य सूर्यदीप रेग्मीलाई दिइएको छ भने सदस्यता व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष बिमला अधिकारी घिमिरे, तथ्यांक तथा अनुसन्धान विभाग प्रमुखमा सचिव बिमल तामाङ, केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुखमा केन्द्रीय सदस्य नवराज थापा, वातावरण तथा सम्पदा विभाग प्रमुखमा केन्द्रीय सदस्य सुरज प्रधान, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा केन्द्रीय सदस्य शिशिर बञ्जारा, अर्थ विभाग प्रमुखमा केन्द्रीय सदस्य निरञ्जन चापागाईं र कृषि तथा सहकारी विभाग प्रमुखमा केन्द्रीय सदस्य धनेज थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
Source: Nepalviews