
विवेकशील साझा पार्टी वर्तमान राजनीतिको विकल्पका रूपमा परिणाममुखी, कल्याणकारी लोकतन्त्र स्थापित गरि एकै पुस्तामा नेपाललाई रूपान्तरण गर्ने दृढ अठोटका साथ वि.सं. २०७४ मा विधिवत् स्थापित राजनीतिक दल हो। यो पार्टीले परम्परागत वादप्रतिको जड सूत्रीय लगावभन्दा समकालीन नेपाली समाजका आवश्यकता र नयाँ पुस्ताको आकाङ्क्षा प्रतिबिम्बित हुने मार्गदर्शक सिद्धान्त अवलम्बन गरेको छ। विधिको शासनलाई मूल मन्त्र मानेको यो पार्टी अ हिंसात्मक राजनीति, भ्रष्टाचारमुक्त र समावेशी शासन व्यवस्था, समतामूलक र न्यायपूर्ण समाज स्थापना गर्न प्रतिबद्ध छ।
संक्षेपमा पार्टी