Skip links

नेपालको सन्दर्भमा राजनीतिक दल र तिनका नेताहरूले नेपालस्थित विदेशी कुटनीतिक तथा विभिन्न गुप्तचर निकायका सदस्यहरुसँग गर्ने भेटघाटले नेपालको स्वाभिमान, स्थिरता र विकासको बाटोमा ठूलो अवरोध पुर्याएको विश्लेषण हुन थालेको दशकौं भइसक्यो। त्यसैगरी नेपालमा कतिपय अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको राजनीतिमा प्रत्यक्ष-अप्रत्यक्ष भूमिका विवादास्पद रहदैँ आएको छ।

विदेशीहरूसँगको अनावश्यक सम्वन्ध नेपालको राजनीतिमा एउटा अत्यन्तै महत्वपूर्ण र जटिल मुद्दा बनिसकेको छ। तसर्थ, यो विषयलाई विशेष महत्व दिँदै र यसलाई पारदर्शी बनाउने उद्देश्यका साथ हामीले सार्वजनिक रुपमै यस निर्देशिका जारी गरी लागू गर्नु उपयुक्त ठानेका छौं। र, यस्तै निर्देशिकाको पालना अन्य पार्टी र तिनका नेताबाट पनि होस् भन्ने चाहन्छौं।

१। केन्द्रीय समितिका सदस्य कुनै पनि दूतावासमा तिनको औपचारिक कार्यक्रम या पार्टीको विदेश विभागले अनुमति दिएको काममा बाहेक अन्य अवस्थामा जाने छैनन्।

२। कुनै पनि विदेशी दूतावासका सदस्य तथा विदेशीहरूसँग हुने राजनीतिक प्रकृतिको भेटघाटका लागि विदेश विभागको स्वीकृति आवश्यक पर्नेछ। र, त्यस्ता भेटघाटमा विदेश विभागले तोकेको अर्को एकजना नेता पनि लिएर जानु पर्नेछ।

३। विदेश विभागले स्वीकृति दिएको कुनै पनि विदेशी दूतावासका सदस्य तथा विदेशीहरूसँग हुने भेटघाट या त विवेकशील साझा पार्टीको कार्यालय या कुनै तेस्रो तटस्थ स्थानमा गर्नु पर्नेछ।

४। पार्टीको केन्द्रीय समितिका सदस्यले दूतावासका राजदूत लगायतका विदेशी कर्मचारीलाई घरमा बोलाउने छैनन्। बोलाउनै परेको अवस्थामा विदेश विभागको स्वीकृति लिनुपर्नेछ।

५। विदेश विभागले स्वीकृति दिएको कुनै पनि विदेशी दूतावासका सदस्य अथवा विदेश विभागको स्वीकृति आवश्यक पर्ने विदेशीहरूसँग हुने भेटघाट बारे पार्टीले परराष्ट्र मन्त्रालयको सम्बन्धित डेस्कलाई जानकारी दिनु पर्नेछ र आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थितिका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिनेछ।

६। पार्टीको केन्द्रीय समितिका सदस्यले कुनै पनि गुप्तचर निकायका सदस्यसँग भेटघाट गर्न पाउने छैनन्।

७। अनपेक्षित रूपमा हुने या गराइएको भेटबारे पार्टीको विदेश विभागलाई तुरून्तै जानकारी गराउनु पर्नेछ।

८। पार्टीका केन्द्रीय नेतालाई कुनै दूतावास या अन्तराष्ट्रिय गैरसरकारी संस्थाले राजनीतिक अर्थ र असर राख्ने कुनै कार्यक्रममा सिधै आमन्त्रण गरेमा, सम्वन्धित नेताले त्यस्तो आमन्त्रण पार्टी मुख्यालयमार्फत पठाउन आग्रह गर्नु पर्नेछ। पार्टीको विदेश विभागले उक्त कार्यक्रममा पार्टीबाट कसैलाई पठाउने या नपठाउने र पठाएमा कसलाई पठाउने भनेर निर्णय गर्नेछ।

९। राजनीतिक अर्थ र असर नराख्ने आमन्त्रणबारे विदेश विभागलाई जानकारी गराए पुग्नेछ। त्यस्ता भेटहरू ‘स्वविवेकको निर्णय’मा हुन सक्नेछ तर त्यसबारे कुनै आशंका भएमा विदेश विभागसँग सल्लाह माग्नुपर्नेछ।

१०। संवेदनशील विषयहरूमा आवश्यक पर्दा विदेश विभागले परराष्ट्र मन्त्रालयको राय, स्वतन्त्र परराष्ट्र मामिला विज्ञ तथा परराष्ट्र मन्त्रालयका भूतपूर्व शिष्टाचार महापालहरूसँग सुझाव-सल्लाह लिन सक्नेछ।

११। यस निर्देशिकामा उल्लेख नगरिएको विषय या जटिलता उत्पन्न भएमा सम्वन्धित केन्द्रीय सदस्यले त्यसबारे विदेश विभागलाई जानकारी गराउनु पर्नेछ र विदेश विभागले सो विषयमा अन्तिम निर्णय लिनेछ। यो निर्देशिकालाई पार्टीको कुन तहसम्म लागू गर्ने भन्नेबारे पार्टी विस्तार हुँदै जाँदा निर्क्यौल गरिने छ।

१२। यस प्रकारको निर्देशिका आजसम्म कुनै पनि पार्टीले पालना नगरेको परिप्रेक्ष्यमा यो निर्देशिका पालना गर्दा कहीँकतै विदेशीहरूसँगको सम्बन्धमा अप्ठ्यारो पर्न सक्ने अवस्था आएको खण्डमा त्यसबाट जोगिन केन्द्रीय सदस्यहरूले पार्टीको यसै कुटनीतिक निर्देशिकालाई आफ्नो सीमा (limitations) का रूपमा बुझिदिन आग्रह गर्न सक्नेछन्।

१३। यस निर्देशिकाको उल्लंघन भएमा विदेश विभागले स्पष्टीकरण सोधी अनुशासनको कारवाहीका लागि सिफारिश गर्न सक्नेछ।

  English Translation

For decades, the meetings the political parties and their leaders have had with members of Nepal-based diplomatic missions and intelligence operatives have generated misgivings that they stand in the way of Nepal’s self-respect, stability and development. Similarly, the direct-indirect roles played by international NGOs in the country’s politics, too, have been controversial.

The unnecessary relation with foreigners is an important yet complicated issue in Nepalese politics. Thus, in order to highlight the matter and make them transparent, we have felt it necessary to issue this public guideline. We hope other parties and their leaders, too, follow similar guideline.

1. Unless otherwise approved by the Foreign Affairs Department of the party, or in case of formal programs, no Central Committee member shall take part in other programs by any embassy.

2. Approval by the Foreign Affairs Department is mandatory for any meeting of political nature with any member of foreign embassy or any foreigner. Another leader designated by the Foreign Affairs Department shall also be present in any such meeting.

3. Any meeting so approved by the Foreign Affairs Department shall take place either at the office of Sajha Party or at a neutral venue.

4. Members of the Central Committee shall not invite ambassador or foreign staff in their places of residence. Prior approval from the Foreign Affairs Department shall be required if such meeting has to take place.

5. Concerned desk of the Ministry of Foreign Affairs shall be notified by the party about any meeting with any member of foreign embassy approved by the party’s Foreign Affairs Department. If necessary, representation by the ministry official shall be requested in such meetings.

6. Central Committee members of the party are forbidden from meeting any members from intelligence agencies.

7. Any unexpected meeting shall be immediately notified to the Foreign Affairs Department of the party.

8. If any embassy or INGO sends a direct invitation to a central leader of the party to any program that has political meaning or implication, s/he shall request them to send the invitation via party headquarters. The Foreign Affairs Department of the party shall decide whether and whom to send on behalf of the party.

9. For programs that do not have political meaning or implication, simple notification to the Foreign Affairs Department shall be enough. Such meetings can take place on self-decision but the Foreign Affairs Department shall be consulted in case of any doubt.

10. If necessary, the Foreign Affairs Department may solicit counsel on sensitive matters from the Ministry of Foreign Affairs, independent foreign policy experts or former protocol officers of the Ministry.

11. In matters not listed in this guideline or in case of any complications, Central Committee members shall notify the Foreign Affairs Department and the latter shall take the final call. The level to which these guidelines will be enforced shall be determined in course of party’s expansion.

12. Since no party has issued guidelines like these before, in case of any difficulty that arises in course of its implementation and in case of any possible effect on relations with foreigners, Central Committee members may request the latter to understand the limitations put on them by this guideline.

13. If these guidelines are breached, the Foreign Affairs Department may seek clarification and recommend for disciplinary action.

This website uses cookies to improve your web experience.