Skip links

अखण्ड नेपालको भूभाग भारतको संसद भवनको नक्सामा राखिनु नेपाली सार्वभोैमसत्तामाथिनै प्रहार: विवेकशील साझा

 

प्रधानमन्त्रीको भारत भ्रमणको सम्मुखमा अखण्ड नेपालका विशेष भूभाग भारतीय नक्सामा राखिनु सार्वभोैम नेपाल राष्ट्रमाथिकै ठाडो प्रहार भएको विवेकशील साझा पार्टीको ठहर छ। 

नेपालका महत्वपूर्ण भूभाग लुम्बिनी र कपिलवस्तु समेटेर अखण्ड भारतको नक्सा संसद भवनमा राख्ने भारतीय हेपाहा प्रबृत्तिको घोर भर्त्सना गर्दै तत्काल नक्शा सच्याउन विवेकशील साझा पार्टी भारत सरकारसंग आग्रह गर्दछ। 

नेपाली भूमिमा भारतले गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नलाई दह्रो अडानसहित कूटनीतिक पहलकदमी लिन भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विवेकशील साझा पार्टी विशेष आग्रह गर्दछ।  

भारत अतिक्रमित नेपालको भुमी लिपुलेक–लिम्पियाधुरा -कालापानी र अतिक्रमित अन्य भुभाग भारतले छोड्नु पर्ने विवेकशील साझा पार्टीको पूर्ववत अडान पुन: स्मरण गराउँदछोैँ। 

पार्टी, अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति विरुद्ध दह्रोसंग प्रतिवाद गर्न र नेपाललाई दूरगामी असर पर्ने कुनै पनि सन्धी, सम्झोैता नगर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्दछ। 

 

 

समिक्षा बास्कोटा  

अध्यक्ष 

विवेकशील साझा पार्टी 

१७ जेठ २०८० 

Leave a comment

This website uses cookies to improve your web experience.