समर्थन

समर्थन

नेपाल या विदेश जहाँ रहे पनि तपाईं प्रत्यक्षरूपमा सदस्यता लिएर या आर्थिक सहयोग गरेर सहभागिता जनाउन सक्ने स्थितिमा हुनुहुन्न भने साझा पार्टीलाई अन्य तरिकाले सघाउन सक्नुहुनेछ।

हामीलाई विज्ञहरूको तथा अलिकति नै किन नहोस् समय दिन सक्ने अन्य स्वयंसेवीहरुको सदा सख्त जरूरत रहन्छ। त्यतिमात्र होइन, तपाईंले आर्थिक या विज्ञ सहयोग वा समय दुवै दिन नसके तपाईंको नैतिक समर्थन मात्रले पनि हामीलाई ठूलो बल प्रदान गर्नेछ।

तसर्थ, तपाईंले नेपाल या विदेशमा जहाँ भए पनि हामीलाई यो स्वयंसेवा फारम भरेर पठाउनुभयो भने, हामी अत्यन्तै आभारी हुनेछौं र परी आउँदा हामी तपाईंलाई सम्झिनेछौं।