विवेकशील साझा पार्टीको एकै पुस्ता भित्र नेपालको रूपान्तरण गर्ने अभियान विदेशमा भएका दशौं लाख नेपालीको सहभागिता बिना संभव छैन। त्यसैले हामी संसारभरी विवेकशील साझा पार्टीलाई साथ र समर्थन दिने तथा सद्भाव राख्ने नेपालीहरुलाई एकवद्ध गर्ने प्रयास गरिरहेका छौं। तपाईं संसारको जुनसुकै कुनामा हुनुहुन्छ र कम्तिमा पाँच जना नेपाली एकजुट हुन सक्नुहुन्छ भने आफू बसोबास गर्ने नगर वा शहरमा ‘विवेकशील साझा सद्धाव समूह’ शुरू गरेर हामीलाई [email protected] मा जानकारी दिन अनुरोध गर्दछौं। अथवा, हामीप्रति सद्भाव राख्नु हुन्छ तथा पहिले नै गठन भइसकेका समूहमा आवद्ध हुन चाहनु हुन्छ भने पनि तलको फारम भरिदिनु हुन विनम्र अनुरोध गर्दछौं। यहाँको भावना, विचार र विज्ञतालाई पार्टी निर्माण र नेपालको रूपान्तरणमा सदुपयोग गर्ने विश्वाश दिलाउन चाहन्छौँ।