Skip links

सदस्यता (तुरून्तै शुल्क तिरेर या नतिरेर), स्वयंसेवा वा आर्थिक सहयोगका लागि: यहाँ क्लिक गर्नुहोस्
नयाँ सद्भाव समूह शुरू गर्न या भएको समूहमैँ आवद्ध हुन चाहनु हुन्छ भने:  यहाँ क्लिक गर्नुहोस्

(तपाईं विदेशमा हुनुहुन्छ, हामीप्रति सद्भाव राख्नु हुन्छ, हाम्रो सदस्यता लिन चहानु हुन्छ, सद्भाव समूहमा संलग्न हुन चहानु हुन्छ या हामीलाई आर्थिक या अन्य समर्थन गर्न चहानु हुन्छ भने कृपया यो निर्देशिका एक पटक अवश्य पढ्नुहोला, जसले तपाईंले गर्न चाहेको सहयोगका लागि स्पष्टता प्रदान गर्नेछ।)

संसारको जुनसुकै कुनामा बसेपनि नेपाली ‘नेपाली’ नै हुन्; जसको मन, मस्तिष्क, भाव-भङ्गी, रूप, रङ्ग सदा नेपाली रहन्छ। आफू हाल रहेको देशको विकास र सम्वृद्धि देख्दा र नेपालको विकृति हेर्दा हरेक नेपालीको मनमा पीडा हुनु स्वाभाविक हो।

हामी त्यो पीडाबोधलाई सदाका लागि अन्त्य गर्न प्रतिबद्ध छौँ। संसारको जुनसुकै कुनामा बसेको भए पनि हरेक नेपालीले नेपालको स्थिरता, विकास र समतामूलक समाजका लागि योगदान पुर्याहउन, सम्भव भएसम्म नेपाल फर्किन र नेपालका बारे गर्व गर्न सकुन् भन्ने हाम्रो दृढ चाहना छ।

तर विदेशमा बस्ने नेपालीहरूले तत् तत् देशको कानुनी दायराभित्र बसेर मात्र हामीप्रति सद्भाव राख्ने, समर्थन र सहयोग गर्न सक्ने हुनाले, त्यो सीमिततालाई मध्यनजर गर्दै र विदेशस्थित हाम्रा शुभेच्छुक र सद्धाव समूहहरूबाट प्राप्त कयौँ सुझावहरूलाई ध्यानमा राखेर हामीले यो संक्षिप्त निर्देशिका तयार पारेका छौँ।

हरेक देशका साझा सद्भाव समूहहरूले यसै निर्देशिकाभित्र रहेर काम गर्दा र गतिविधिहरू सञ्चालन गर्दा सबै देशको कार्यशैलीमा एकरूपता रहने र त्यसबाट हाम्रै जीवनकालमा नेपाललाई रूपान्तरण गर्ने विवेकशील साझा पार्टीको लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौँ।

(क) विदेशमा बस्ने नेपालीले गर्ने सहयोगको दायरा

१। विदेशमा बस्ने नेपालीहरूको मताधिकार कार्यान्वयनका लागि निरन्तर लागिरहने र त्यसका लागि सरकारका सम्बन्धित निकायलाई आवश्यक सहयोग प्रदान गर्ने।
२। नेपालमा रहेका आफ्नो परिवार, नातागोता र साथीभाइलाई साझाको सङ्गठन विस्तार, निर्वाचन तथा अन्य हरेक अवसरमा हरसंभव सहयोग गर्न प्रेरित गर्ने।
३। विदेशमा हासिल सीप, ज्ञान र अनुभव लिएर सम्भव भएसम्म नेपाल फर्किने, फर्किएर सम्भव भएको खण्डमा २०७९ सालको आम निर्वाचनलाई लक्ष्य गरी विवेकशील साझा पार्टीमा राजनीतिक रूपमा नै सक्रिय हुने। आफू फर्किने अवस्था नभए, फर्किने अवस्था भएकाहरूलाई फर्किन प्रेरित गर्ने।
४। आफू बसेको देशका बढीभन्दा बढी नगर र सहरहरूमा ‘साझा सद्भाव समूह’ गठन गर्न सघाउने। त्यसरी गठन भएका सद्भाव समूहहरूले साझाको भावना र आदर्शसँग मिल्ने सुसंस्कृत राजनीति, नेपालको संस्कृति र नेपालमा लगानी लगायतका विषयहरूमा नेपालीहरूकै निवासमा स-सानै किन नहोस् अन्तर्क्रियाहरू सञ्चालन गर्ने र स्थानीय नेपालीहरूलाई सहयोग पुग्ने कार्यहरूमा संलग्न हुने।
५। नेपाल र आफू बसेको देशको कानुन र आफ्नो पेशाको सीमाभित्र रहेर सक्दो बढी सङ्ख्यामा नेपालीहरूलाई विवेकशील साझा पार्टीको सदस्यता लिन र सकेको आर्थिक सहयोग गर्न उत्प्रेरित गर्ने।
६। नेपालमा साझाले परिकल्पना गरेको सुसंस्कृत राजनीति र आफ्नै जीवनकालमा यो देश रूपान्तरण गर्न लिएको प्रतिबद्धतालाई सहयोग पुग्ने प्रकृतिका आलेखहरू नेपालमा र सन्सारभरिबाट निस्कने अनलाइन र अन्य पत्रपत्रिकाहरूमा प्रकाशित गर्ने।
७। विदेशका विभिन्न क्षेत्रमा कार्यरत विज्ञ नेपालीहरूद्वारा विवेकशील साझा पार्टीलाई आवश्यक पर्दा पार्टीका विभागहरूमा रहेर या नरहेर विज्ञ सुझाव-सल्लाह र सहयोग उपलब्ध गराउने।
८। पार्टीको मूल्य मान्यता र विधिको उल्लंघन नहुने गरी पार्टीको केन्द्रीय कार्यालयलाई जानकारी दिएर अन्य आवश्यक गतिविधिहरु गर्न सक्नेछन्।

(ख) सद्भाव समूहको स्वरूप

(ग) प्राविधिक गाँठो र समाधान

जुन देशमा बसिन्छ त्यो देशको कानुनको पालना गर्नु सबैको दायित्व हो। तसर्थ राजनीतिक प्रकृतिको भएको हुनाले साझा सद्भाव समूह कुनै पनि देशमा दर्ता भएर औपचारिकरूपमा अस्तित्वमा आउन सक्दैन। तर हामीले गरेको अध्ययन, सरसल्लाह र पाएको कानुनी परामर्शलाई मध्यनजर गर्दा तल उल्लिखित बाटो अवलम्बन गरेको खण्डमा त्यसबाट कानुनी जटिलता सृजना नहुने, गलत बाटो हिँड्नु नपर्ने र हाम्रो सामूहिक उद्देश्य हासिल गर्न सहयोग पुग्ने हामीले महसुस गरेका छौँ।

१। नेपाली नागरिक संसारको जुनसुकै ठाउँमा बसे पनि कानुनको दायराभित्र बसेर व्यक्तिगतरूपमा उसलाई आफ्नो देशको कुनै पार्टीप्रति सद्भाव राख्न र सहयोग गर्न अफ्ठेरो पर्दैन। तसर्थ, जो-जो शुभेच्छुकहरू सद्भाव समूह गठन गर्न चाहनु हुन्छ, उहाँहरूलाई हामी विवेकशील साझा पार्टीको सदस्यता लिन आग्रह गर्दछौँ। सदस्यता शुल्क पठाउने र आर्थिक सहयोग गर्ने विभिन्न उपायहरू हामीले यसै वेबसाइटमा उल्लेख गरेका छौँ। सदस्यता शुल्क यो निर्देशिकाको अन्त्यमा उल्लेख गरिएको छ। सद्भाव समूहहरू राजनीतिक प्रकृतिको हुने भएकोले स्थानीयरूपमा दर्ता गर्न र तिनको नाममा ब्यांकमा खाता खोल्न नमिल्ने हुँदा सदस्यहरूले सिधै नेपालमै सहयोग गर्ने व्यवस्था मिलाइएको हो। (कतिपय साथीहरूले सद्भाव समूहको संयोजक या सो समूहले तोकेको व्यक्तिको नाममा खाता खोलेर पैसा जम्मा गर्न र आर्थिक कारोबार गर्न पनि सुझाएका थिए। तर हरेक व्यक्तिगत खाता सम्बन्धित देशको करको दायराभित्र पर्ने र त्यसो गर्दा लेखा परीक्षण र कानुनी जटिलता सृजना हुने हुनाले त्यसो गर्न सम्भव देखिँदैन।)

२। विदेशबाट लिइएको सदस्यताको विवरण पार्टीको मुख्यालयले अन्तर्राष्ट्रिय संयोजक, क्षेत्रीय संयोजक, तत् तत् देशका राष्ट्रिय संयोजक तथा तदर्थ सम्पर्क व्यक्तिहरूलाई उपलब्ध गराउने छ। त्यसो गर्दा संयोजकहरूलाई ती देशमा भएका सदस्यहरूका बारेमा जानकारी हुने, सदस्यहरूको अभिलेख राख्न र त्यसलाई अध्यावधिक गर्न सहज हुने, सदस्यहरू सबैलाई एकै ठाउँमा जोडेर अन्य ठाउँमा पनि सङ्गठन विस्तार गर्दै लैजान प्रेरित गर्ने, सूचना आदानप्रदान गर्न र गतिविधि सञ्चालन गर्न सघाउ पुर्या उने र उनीहरूका बिचमा सम्पर्क र साझेदारी बढाउन मद्दत गर्नेछ।

४। माथि उल्लिखित बाटो अवलम्बन गर्दा कुनै पनि सद्भाव समूहले आफैँ आर्थिक कारोबार गर्नु पर्ने छैन। बेलाबखत हुने भेटघाट, बैठक र कार्यक्रममा हुने स-साना खर्चमा आइपर्ने आर्थिक सहभागितामा भने कुनै कानुनी अड्चन नपर्ने हाम्रो बुझाई छ।

५। राजनीतिक दलसम्बन्धी कानुनका कारण अन्य देशको नागरिकता लिइसकेका नेपालीहरू पार्टी या सद्भाव समूहका सदस्य हुन सक्दैनन् तर उनीहरू सल्लाहकार समूहहरूमा आबद्ध हुन सक्छन्। उनीहरूको विज्ञता हेरेर परामर्शका लागि आवश्यक परेको बेलामा पार्टीको मुख्यालयले पनि अनुरोध गर्न सक्नेछ।

६। त्यसै गरी राजनीतिक दलसम्बन्धी कानुनकै कारण राजनीतिक दलले विदेशी संस्था या नागरिकबाट आर्थिक सहयोग पनि लिन पाउँदैन।

७। यो निर्देशिकाको उल्लङ्घन नहुने गरेर विभिन्न देशका सद्भाव समूहहरूले आफूहरूलाई काम गर्न सहज तुल्याउन आफ्नो तजबिजमा अन्तर्राष्ट्रिय संयोजक तथा पार्टी मुख्यालयलाई जानकारी दिएर आवश्यक उपायहरू अवलम्बन गर्न सक्नेछन्।

८। विदेशमा त्यसरी निर्माण हुने सद्भाव समूहहरूलाई भातृ सङ्गठन भनिने छैन – ती नितान्त सद्भाव समूहकै रूपमा रहने छन्।

(घ) मतदान तथा नेतृत्व अधिकार

विदेशमा रहेका कयौँ नेपालीहरूले विवेकशील साझा पार्टी विदेशमा रहेका नेपालीहरूका लागि मतदान अधिकारको पक्षमा भएकोले पार्टी आफैँले त्यसको अभ्यास गर्नु पर्ने राय दिएका छन्। उनीहरूको चाहनालाई दृष्टिगत गर्दै र अबको नेपालको रूपान्तरणमा विदेशमा बस्ने नेपालीहरूको महत्त्वपूर्ण भूमिकालाई मनन गर्दै पार्टीले विदेशमा बसेका पार्टी सदस्यहरूलाई पार्टीको महाधिवेशन तथा केन्द्रीय नेतृत्वको निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गरेको छ। सद्भाव समूहहरूले पार्टीको निर्वाचन आयोगले तोकेको सङ्ख्यामा पार्टी महाधिवेशनका लागि प्रतिनिधिहरू पठाउन सक्नेछन्।

राजनीतिक आकाङ्क्षा भएका शुभेच्छुक, सद्भाव समूहका सदस्य वा नेतृत्वकर्ताहरूले नेपाल आएर अन्य पार्टीमा झैँ नेतृत्वमा माथि पुग्न दसौँ वर्ष पर्खिनु पर्दैन किनभने विवेकशील साझा पार्टीको विधानले नै नेतृत्व क्षमता भएका व्यक्तिहरूलाई छिटो उपल्लो तहमा पुग्ने बाटोलाई सुनिश्चित गरेको छ। विदेशमा रहँदाको उनीहरूको योगदानलाई पार्टीले उचित मूल्याङ्कन गर्नेछ।

(ङ) अन्तर्राष्ट्रिय सद्भाव समूह सञ्जाल संयोजक

विदेशमा रहेका सद्भाव समूहहरूसँग समन्वय गर्न, सद्भाव समूह विस्तार गर्न र सद्भाव समूहरूसँग सम्बन्धित सबै क्रियाकलापको नेतृत्व गर्न विवेकशील साझा पार्टीले एस के श्रेष्ठलाई अन्तर्राष्ट्रिय सद्भाव समूह संयोजक चयन गरेको छ। सद्भाव समूहसँग सम्बन्धित कुनै पनि विषयका लागि उहाँलाई [email protected] मा इमेल गरेर अथवा ‌+447411173606 मा फोन / Viber / WhatsApp / IMO मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। अन्य विषयका लागि मुख्यालयमा सम्पर्क गर्नु परेमा केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख श्री दिपक उप्रेतीलाई  ‌+9779861334051 मा फोन / Viber / WhatsApp मा सम्पर्क गर्न सक्नुहुनेछ।

(च) सदस्यता शुल्क

आफू बसिरहेको देशको आधारमा सदस्यता शुल्क अर्ध वार्षिक (जुन ३० र डिसेम्बर ३१ सम्म) वा वार्षिकरुपमा डिसेम्बर ३१ सम्ममा बुझाइ सक्नुपर्छ। विभिन्न राष्ट्रमा बस्दै आउनु भएका विवेकशील साझा पार्टीका सदस्यहरूबाट प्राप्त सुझाव अनुरूप हाललाई निम्न बमोजिम सदस्यता शुल्क कायम गरिएको छ।

देश शुल्क
युरोलाई राष्ट्रिय मुद्रा मान्ने युरोपेली देशहरु प्रति वर्ष ६० युरो
संयुक्त अधिराज्य प्रति वर्ष ५० पाउन्ड
अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्ड तथा सिंगापुरा (संबन्धित देशको मुद्रामा) प्रति वर्ष ६० डलर
जापान, दक्षिण कोरीया, ब्रुनई प्रति वर्ष नेरु ६,०००
कतार, युएई, साउदी अरबिया लगायतका खाडी राष्ट्रहरू प्रति वर्ष नेरु १,०००
मलेसिया प्रति वर्ष नेरु १,०००
भारत लगायतका दक्षिण एशियाली राष्ट्रहरू प्रति वर्ष नेरु ५००
अन्य देशहरु मुख्यालयसँगको छलफलको आधारमा

सदस्यहरूले सदस्यता शुल्क बाहेकको आर्थिक सहयोग पनि गर्न सक्नेछन् भने सदस्यता लिन नचाहने या नमिल्ने शुभेच्छुकहरूले आर्थिक सहयोग मात्र पनि गर्न सक्नेछन्।

यो निर्देशिका कार्यान्वयनका क्रममा आवश्यकता अनुसार परिमार्जन गर्दै लगिने छ। यो निर्देशिकामा उल्लेख नगरिएका तर पार्टीसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू आएको खण्डमा त्यसबारे निर्णय लिनुअगाडि कुनै पनि सद्भाव समूहले अन्तर्राष्ट्रिय संयोजकमार्फत पार्टी मुख्यालयसँग आवश्यक परामर्श गरी अनुमति लिनु पर्नेछ।

This website uses cookies to improve your web experience.