अन्तर्राष्ट्रिय सद्भाव समूहका संयोजकमा डा राजेन्द्र पंगेनी

विवेकशील साझा पार्टीले “अन्तर्राष्ट्रिय सद्भाव समूह समन्वय समिति”को संयोजकमा अमेरिकामा क्यान्सर रोगबारे विद्यावारीधि पश्चातको अनुषन्धान गरिरहनुभएका डा राजेन्द्र पंगेनीलाई नियुक्त गरेको छ।

विदेशमा रहेका नेपालीहरूलाई विवेकशील साझा पार्टीमार्फत नेपालको रूपान्तरणमा प्रभावकारी ढङ्गबाट सहभागी गराउन, सन्सारका विभिन्न देशमा रहेका सद्भाव समूहहरूबीच सम्मनवय गर्न र त्यस्ता समूहहरूको सञ्जाल विस्तार गर्न पार्टीले “अन्तर्राष्ट्रिय सद्भाव समूह समन्वय समिति” गठन गर्ने निर्णय गरेको थियो।

स्याङ्जा वालिङ्गका स्थायी वासिन्दा चालिस वर्षीय डा पंगेनीले बेलायतको वोल्भरह्याम्प्टन बिश्वबिद्धालयबाट स्नातकोत्तर तथा बिद्धावारीधि गर्नुभएको हो।सो विश्वविद्यालयमा पढ्दा उहाँ सन्सारभरीबाट आएका विद्यार्थीहरूको एकजना निर्वाचित प्रतिनिध पनि हुनुहुन्थ्यो। उहाँ अमेरिकाको गैरआवासीय नेपाली संगठनको बिज्ञान प्रबिधि, इनोभेशन र नलेज ट्रान्सफर समितिका सहअध्यक्ष तथा नेपाल फर्कौं महाअभियानको एकजना प्रमुख अभियानकर्ता पनि हुनुहुन्छ।

डा पंगेनी विवेकशील साझा सद्भाव समूह, सिकागोका पूर्व संयोजक र हाल विवेकशील साझा सद्भाव समूह, लस एन्जेलसका संयोजक हुनुहुन्छ। विवेकशील साझा पार्टीका लागि कोष संकलन अभियानमा पनि उहाँको महत्वपूर्ण भूमिका रहँदै आएको छ।

डा पंगेनीलाई सम्पर्क गर्न फोन नं ‌+१ ८७२९८५१९१९ मा अथवा rajendrappangeni@gmail.com मा इमेल गर्न सक्नुहुनेछ।

मुमाराम खनाल प्रमुख,
संगठन विभाग
विवेकशील साझा पार्टी
मिति: ०१ फागुन २०७५

0

Leave a Reply

Your email address will not be published. Required fields are marked *
You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>