हार्दिक श्रद्दान्जली तथा सहयोगको अपील

आईतवार साँझ आएको भिषण हावा हुरीले बारा र पर्सा जिल्लामा भएको धेरै नागरिकहरुको अकल्पनीय मृत्युप्रति गहिरो दु:ख ब्यक्त गर्दै घटनामा मृत्यु हुने सबै नागरिकमा भावपूर्ण श्रद्दान्जलीका साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौँ।

साथै उक्त भिषण हावाहुरीमा परी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार तथा उपचारमा कुनै कसर नराख्न सरकारसंग बिनम्र आग्रह गर्दछौँ।

हामी स्वदेश तथा बिदेशमा रहेका हाम्रा शुभचिन्तकहरुलाई आ-आफ्नो क्षेत्रबाट नैतिक, भौतिक तथा आर्थिक सहयोगको लागि याचना गर्दै वहाँहरुको दु:खको साक्षी बन्न आब्हान गर्दछौँ।

यस्तो अवस्थामा घाईतेहरुलाई तत्काल उद्दार तथा रगतको अत्यन्त आवश्यकता पर्ने हुँदा त्यस क्षेत्रका हाम्रा सदस्य, शुभचिन्तक लगायत सबै सहृदयी नागरिकहरुबाट अविलम्ब रक्तदान गरी जीवनदान गरिदिनुहुन हार्दिक अपील गर्दछौँ।

यस्ता स-साना प्राकृतिक प्रकोपमा पनि यति ठूलो धनजनको क्षति हुनुमा हाम्रा भौतिक संरचना निर्माणमा भएका गम्भिर त्रुटीहरु तथा प्राकृतिक प्रकोपको पूर्वानुमान र सतर्कताका लागि गरिएका प्रयासहरु प्रभावकारी हुन नसक्नु नै हो।

विवेकशील साझा पार्टीको स्थानीय टोली सहयोगमा जुटिसकेको छ। काठमाडौं र चितवनबाट केही साथीहरु पनि पुग्दै हुनुहुन्छ।सहयोग र जानकारीका लागि राज हुमागाईलाई ९८५१२३००१२ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।

यस्ता घटनाबाट पाठ सिक्दै सरकारलाई आवश्यक नीतिगत तथा प्राबिधिक पहल गर्न समेत अनुरोध गर्दछौँ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: १८ चैत २०७५

2

Leave a Reply

Your email address will not be published. Required fields are marked *
You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>