स्वास्थ्य शिक्षा नीति र डा केसीको आन्दोलनबारे

‘कल्याणकारी लोकतन्त्र’लाई पार्टीको मूल दर्शनका रुपमा अपनाएको विवेकशील साझा पार्टी, शिक्षा र स्वास्थ्य क्षेत्र मूलरूपमा राज्यको दायित्व हो भन्नेमा विश्वास गर्दछ। यसै सन्दर्भमा आम नागरिकहरूको स्वास्थसंग जोडिएको चिकित्सा शिक्षाबारेमा समाजवादी भनिएको सरकारको दृष्टिकोण र नीति पूर्णतः गलत दिशातर्फ उन्मुख हुनुलाई विवेकशील साझा पार्टीले दुर्भाग्यपूर्ण ठानेको छ। साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शन गरेको हठ र अभिव्यक्ति अत्यन्तै खेदजनक छ।

उदारीकरणका नाममा कसिलो नियमन विना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गर्दा त्यसले नाफा-खोरी व्यापारीकरणको बाटो हुँदै डरलाग्दो माफियाकरणको रूप धारण गर्न लागेको तथ्य जगजाहेरै छ। कैयौँ नेता र तिनका परिवारका लागि सामान्य रोग लाग्दा पनि विदेशमा उपचार गर्नु पानी-पँधेरो जस्तै हुँदा, आम नेपालीले सानो रोगको उपचार गर्न पनि घर-घडेरी नै बेच्नु पर्ने सम्मका पीडा भोगिरहेका छन्। यो घातक प्रवृत्तिलाई बेलैमा रोक्न सकिएन भने यसले समाजमा सोच्नै नसकिने स्तरको डरलाग्दो परिणाम निम्त्याउने छ।

यस्तो अवस्थामा बारम्बार ज्यानको बाजी लगाएर चिकित्सा शिक्षा नीति र कानुनलाई सही बाटोमा डोर्याउन डा. गोविन्द केसीले नेतृत्व गरेको अभियान, सरकारद्वारा गठित केदारभक्त माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन र नागरिक समाजका अगुवा तथा सर्वसाधारणको निरन्तर खबरदारीको विवेकशील साझा पार्टी उच्च सम्मान गर्दछ। हामी सरकारलाई माथेमा प्रतिवेदनको भावना प्रतिविम्बित हुने गरी तुरुन्तै नयाँ कानुनको मस्यौदा गर्न आग्रह गर्दछौँ। जुन काम सरकारले स्वविवेकले गर्नु पर्दथ्यो, त्यसका लागि एक जना निष्ठावान् नागरिकले ज्यानकै बाजी लगाउनु पर्ने अवस्था आउनु अत्यन्तै दुखद् विषय हो।

सीमित राजनीतिज्ञ र व्यापारीको स्वार्थ पूर्ति हुने गरी कुनै पनि नीति नबनोस् भन्नेमा पनि हामी सरकारलाई खबरदारी गर्न चाहन्छौँ। यसबारेमा सरकार गम्भीर नभएको खण्डमा विवेकशील साझा पार्टी आम जनताको भावनालाई प्रतिनिधित्व गर्दै कडा प्रतिवादमा उत्रन बाध्य हुनेछ।

डा. गोविन्द केसीले कर्णाली प्रदेशको जुम्लाबाट पन्ध्रौँ पटक अनसन सुरु गरेको आज दश दिन भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा.केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ। अतुलनीय आदर्श बोकेको एक जना सम्मानित नागरिकको तेजोवध गर्न सरकार उद्दत भएको देखिँदै गर्दा, डा केसीको अवस्था तलमाथि भएको खण्डमा सम्पूर्ण दोष प्रधानमन्त्री केपी ओली र उनको सरकारले बोक्नु पर्ने तथ्यप्रति पनि हामी सबै जिम्मेवार पक्षको ध्यान आकर्षण गराउन चाहन्छौं।

रमेश पौड्याल
प्रवक्ता तथा प्रदेश नं ३
संसदीय दलका नेता
विवेकशील साझा पार्टी
२५ आषाढ २०७५

बालकृष्ण ढुंगेललाई राष्ट्रपतिबाट माफी दिनेबारे

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको अन्तिम फैसलाबाट दोषी ठहर भई हाल कैदको सजायँ भोगिरहेका बालकृष्ण ढुंगेललाई राष्ट्रपतिबाट माफी दिई जेलमुक्त गर्ने सरकारी तयारी प्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

सशस्त्र द्वन्द्वकालका घटनाहरु मूलतः सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गरिने भए पनि ढुंगेलको कैद सजाय आयोगको क्षेत्राधिकारभन्दा बाहिरको विषय हो भन्ने कुरा सम्मानित अदालतको फैसलाबाट यस अघि नै स्पष्ट भैसकेको छ।

गम्भीर अपराधमा संलग्न भएको भन्दै अदालतले पीडितका लागि खतरा समेत रहेको ठहर गरेका व्यक्तिलाई असल चालचलन भन्दै सरकारले कैद मिनाहा गर्न खोज्नु न्याय र विधिको शासनको खिल्ली उडाउनु हो। ढुंगेललाई माफी दिने सरकारको तयारीको हामी पूर्ण विरोध गर्दछौं।

द्वन्द्वकालीन मुद्दाहरु समयमा नै सम्बोधन गरी पीडितहरुलाई उचित न्याय दिन अग्रसर हुनुको साटो पीडित व्यक्तिहरुको भावनामा ठेस पुग्ने यस प्रकारको निर्णय नगर्न हामी सरकारलाई खबरदारी गर्दछौं।

रमेश पौड्याल
केन्द्रीय प्रवक्ता
नेता, प्रदेश-३ प्रदेशसभा संसदीय दल
विवेकशील साझा पार्टी
१४ जेठ २०७५

सांसदको तजविजमा विकास बजेट छुट्याउनेबारे

आगामी बजेटमा निर्वाचन क्षेत्र विकास कोष र सांसद विकास कोषका नाममा राज्यको ढुकुटी आफ्नै तजबिजमा खर्च गर्नेगरी रकम छुट्याउन केन्द्र तथा प्रदेशका सांसदहरुबाट लविंग भैरहेको भन्ने समाचारहरुप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छl

मुलुकमा ७५३ स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आफ्नो काम सम्पादन गरिरहेको परिप्रेक्ष्यमा संघीय र प्रादेशिक सांसदहरुले कार्यकारीणीको अधिकारक्षेत्रमा पस्न खोज्नु शक्ति पृथकीकरणको सिद्धान्तको समेत विपरित छ l

यस्तो कार्यले कानून निर्माण गर्नुपर्ने सांसदहरुको प्राथमिक भूमिकालाई न्यून तुल्याउनुको साथै स्थानीय तहको अधिकारक्षेत्रमा पनि हस्तक्षेप हुन जान्छl

सांसदहरुले राजनीतिक आस्थाका आधारमा टुक्रे योजनाहरुमा ‘कनिका छर्ने’ परिपाटी मौलाउने हुँदा प्राथमिकताप्राप्त क्षेत्रमा विकासका कार्यहरु अघि बढ्न असहज हुन्छl

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा समेत यी कोषहरूमा व्यापक बेरुजु र अनियमितता देखिएको उल्लेख गरेको व्यहोरा यहाँ स्मरणीय छ l

अत: यी कोषहरूमार्फत सांसदहरुलाई रकम वितरण नगर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछl

प्रदेश ३ को प्रदेश सभा र त्यस बाहिर पनि हामीले यस विषयमा निरन्तर खबरदारी गर्दै आएको सन्दर्भमा यदि हाम्रो माग सुनुवाई नभए संसद भित्र र बाहिरबाट हाम्रा विरोधका कार्यक्रमहरु जारी रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउंदछौ l

प्रवक्ता
रमेश पौड्याल
प्रवक्ता तथा प्रदेश नं ३ को संसदीय दलका नेता
विवेकशील साझा पार्टी
०७ जेठ २०७५

विवेकशील साझाको प्रदेश ३ को संयोजक चयन

विवेकशील साझा पार्टीले प्रदेश नं ३ को संयोजकमा गत निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ को प्रदेशसभाको उमेदवार, कानुनकर्मी तथा व्यवसायी समीक्षा बास्कोटालाई चयन गरेको छ।

३४ वर्षीया बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाको सेण्ट जन्स विश्वविद्यालयबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्।

स्नातकोत्तरपछि ‘डिन्स फेलो’ मनोनीत भएर केही समय अमेरिकामैं काम गरी २०६७ सालमा नेपाल फर्किएकी बास्कोटाले त्यसपछिका वर्षहरू प्राध्यापन, कानुनी अभ्यास, पारिवारिक व्यवसाय तथा परोपकारी गतिविधिमा बिताएकी छन्।

उनी इमानदार राजनीतिका लागि चिनिएका नेपाली काँग्रेसका नेता तथा पूर्व गृह राज्यमन्त्री दीपक प्रकाश बास्कोटाकी छोरी हुन्।

पारिवारिक राजनीतिक माहोलमा हुर्किएकी बास्कोटा राष्ट्रलाई बृहत्तररूपमा योगदान पुर्याटउने सबैभन्दा सशक्त माध्यम इमानदार राजनीति नै हो भन्नेमा विश्वस्त छिन्।

गत निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं १ ‘क’ को प्रदेशसभाको उमेदवार बनेर २७ प्रतिशत मत ल्याएकी उनले सम्मानजनक तेस्रो स्थान हासिल गरेकी थिइन्।

एक जना सुशिक्षित, उद्दमी, क्षमतावान र उर्जावान महिलालाई प्रदेश नं ३ को संयोजक तथा केन्द्रीय सदस्यका रूपमा पार्टीमा स्वागत गर्न पाउँदा विवेकशील साझा पार्टीले गौरवको अनुभूति गरेको छ।

पार्टी प्रदेश नं ३ को संयोजक चयन प्रक्रियामा सहयोग पुर्याकउने सबैप्रति हार्दिक आभार प्रकट गर्दछ।

प्रवक्ता
रमेश पौड्याल
प्रवक्ता तथा प्रदेश नं ३ को संसदीय दलका नेता
विवेकशील साझा पार्टी

बन्दको बिरोधमा बुटवलमा मोटरसाइकल र्‍याली

३० वैशाख, बुटवल । बन्दको बिरोध गर्दै युवाहरुको समूहले बुटवलमा मोटरसाइकल र्‍याली निकालेका छन् ।

विवेकशील साझा पार्टी र नमस्ते नेपाल नामक युवाहरुको समूहले बन्दको बिरोधमा र्‍याली निकालेको हो । ‘बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित शंकरनगरदेखि बुटवलको गोलपार्कसम्म र्‍याली निकालिएको हो ।

र्‍यालीपछि ट्राफिकचोकमा आयोजित कोणसभामा विवेकशील साझा पार्टी रुपन्देही संयोजक हरिकृष्ण अधिकारी, समूहका अर्जुन खरेल लगायतका युवाहरुले बोल्दै बन्द र हड्तालले कसैको पनि हित नगर्ने हुँदा बन्द सधैंका लागि अन्त्य हुनुपर्ने बताए ।

बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि नराम्रो बनाउने भएकाले बन्दको विकल्पमा अन्य रचनात्मक विरोधका कार्यक्रम गर्नुपर्ने उनीहरुको माग छ ।

बन्द आव्हानका कारण सार्वजनिक यातायातका सवारीसाधन चलेका छैनन् । तर, निजी गाडीहरु र मोटरसाइकल भने चलेका छन् ।

२०७५ वैशाख ३० गते १३:०४ मा प्रकाशित

सरकारको राष्ट्रवादी मुखुण्डो च्यातियो : विवेकशील साझा पार्टी

काठमाडौं– विवेकशील साझा पार्टीले केपी शर्मा ओली नेतृत्वको वाम सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएको टिप्पणी गरेको छ।

‘आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय ‘नाकाबन्दी’ उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएकै छ’, विवेकशील साझाका प्रवक्ता रमेश पौड्यालद्वारा शनिबार जारी प्रेस वक्तव्यमा भनिएको छ।

यस्ता गतिविधीले सरकार अलोकत्रन्त्रिक एवं अधिनायकवादी बाटोमा जान लागेको त होइन भन्ने गम्भीर प्रश्न पनि खडा भएको पनि विवेकशीलले उल्लेख गरेको छ।

‘केपी ओली नेतृत्वको सरकारको दमनकारी कदमलाई हामीले राजनीतिक स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षपको रुमा लिएका छौँ। सरकारको यो कदम कुनै एउटा पार्टीविशेषका बिरुद्ध भन्दा पनि लोकतन्त्रमा विश्वास राख्ने सबैका बिरुद्धको कदम हो भन्ने हाम्रो ठम्याई छ’। विवेकशीलले भनेको छ- ‘अतः हामी समस्त लोकतन्त्र पक्षधर एवं न्यायप्रेमी जनसमुदायलाई सरकारको असहिष्णु रवैयाका बिरुद्ध एक्यबद्ध हुन आह्वान गर्दछौं।’

प्रहरी हस्तक्षेपबारे विवेकशील साझा पार्टीको वक्तव्य

यही २०७५ बैशाख २८ गते, शुक्रबारदेखि सुरु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सम्बन्धमा विवेकशील साझा पार्टीले आफ्ना धारणा यस अघि नै सार्वजनिक गरेको व्यहोरा सर्वविदितै छ। प्रथमतः छिमेकी मुलुकका प्रधानमन्त्रीको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिँदै स्वागत नै गरेका हौँ। यद्यपी २०७२ को महाविनाशकारी भूकम्पले थिलथिलो पारिरहेको समयमा भारतले नेपाल बिरुद्ध लगाएको नाकाबन्दी पनि हामीले भूलेका छैनौं भन्ने संदेश हामीले दिन खोजेकै हौँ। हाम्रो आशय स्पष्ट थियो र छ, भारतीय प्रधानमन्त्रीले नेपाली नागरिक समक्ष नाकाबन्दीका लागि क्षमायाचना गरेर मात्रै नयाँ शीराबाट विश्वसनीय सम्बन्धको शुरुवात हुनसक्छ।

यसै शिलशिलामा हिजो शुक्रबार हाम्रो केन्द्रीय कार्यालय, बखुंडोल, ललीतपुरमा “मोदिजी स्वागत छ, तर नाकाबन्दी विर्सेका छैनौँ” लेखेर टांगिएको ब्यानर प्रहरीद्वारा बलप्रयोग गरि हटाईएको छ। बिना कुनै पुर्जी प्रहरी टोली पार्टी कार्यालयमा प्रवेश गर्नु, राति अबेरसम्म प्रहरीले केन्द्रीय कार्यालयमा गस्ती गर्नु, सादा पोशाकका मानिसहरुले कार्यालयको निरन्तर निगरानी गर्नु जस्ता घटनाक्रमले हाम्रो कार्यालय परिसरलाई एक ढंगले आतंकित पारिएको छ। प्रहरी हस्तक्षेपको यो शृंखला आज (शनिबार) दिउँसोसम्म निरन्तर छ।

यसै प्रतिकुलताका बीच हिजो र आज हामीले कालो वेलुन उडाएर हाम्रो सांकेतिक विरोधको कार्यक्रम शान्तिपुर्ण तवरबाट सम्पन्न गरेका छौँ। हिजोको प्रहरी हस्तक्षेप बिरुद्ध बुटवल, चितवन लगायतका स्थानहरुमा पनि आज प्रदर्शन भएका छन्। र, त्यहाँ पनि सरकारद्वारा प्रहरी हस्तक्षेप गरिएको छ। बुटवलबाट हाम्रा केन्द्रीय नेता एवं प्रदेश ५ का संयोजक श्री अनुपमान सैंजुलगायत दर्जनौं सदस्यहरुलाई पक्राउ गरिएको छ।

आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय ‘नाकाबन्दी’ उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो त च्यातिएकै छ नै, धेरैले आशंका गरेजस्तो यो सरकार अलोकत्रन्त्रिक एवं अधिनायकवादी बाटोमा जान लागेको त होइन भन्ने गम्भीर प्रश्न पनि खडा भएको छ।

केपी ओली नेत्तृत्वको सरकारको दमनकारी कदमलाई हामीले राजनीतिक स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षपको रुमा लिएका छौँ। सरकारको यो कदम कुनै एउटा पार्टीविशेषका बिरुद्ध भन्दा पनि लोकतन्त्रमा विश्वास राख्ने सबैका बिरुद्धको कदम हो भन्ने हाम्रो ठम्याई छ। अतः हामी समस्त लोकतन्त्र(पक्षधर एवं न्यायप्रेमी जनसमुदायलाई सरकारको असहिष्णु रवैयाका बिरुद्ध एक्यबद्ध हुन आह्वान गर्दछौं। साथै, हिजोको प्रहरी हस्तक्षेपका बिरुद्ध आवाज बुलन्द गर्नुहुने सबै राजनीतिक दलका नेता, नागरिक समाज एवं प्रेस जगत एवं प्रति हार्दिक आभार प्रकट गर्दछौँ।

विवेकशील साझाले उडायो ‘नाकाबन्दी’ बेलुन

विवेकशील साझा पार्टीले शुक्रबार पार्टी कार्यालयमा टाँगिएको तुल प्रहरीले हटाएको विरोधमा शनिबार प्रदर्शन गरेको छ।

ललितपुरस्थित पार्टी कार्यालयमा विवेकशील साझाका नेता/कार्यकर्ताले ‘मोदीजी, स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं’, ‘अधिनायकवादी ओली सरकार होसियार’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे।

प्रर्दशनपछि नाकाबन्दी लेखिएको बेलुन आकाशमा उडाइएको छ।

दुई दिने राजकीय भ्रमण आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साढे २ वर्षअघिको नाकाबन्दी सम्झाउन विवेकशील साझाले प्रदर्शन गरेको हो।

यसअघि शुक्रबार सो पार्टीले मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं लेखेर कार्यालयमा टाँगेको तुल प्रहरीले झिकेर लगेको थियो।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस केन्द्रीय सदस्य गगन थापा लगायत नेताले सरकारको सो कदम निन्दनीय भएको बताएका छन्।

Bibeksheel Sajha flies balloons against blockade, protests in Dhangadi

DHANGADI, KATHMANDU, May 12: Bibeksheel Sajha Party, Dhangadi held a silent protest as they welcomed visiting Indian Prime Minister Narendra Modi but reechoed they were hadn’t forgotten the blockade.

The party’s members held placards at a road near Dhangadi park for around 30 minutes. BSP’s Dhangadi chapter also condemned police intervention at the party’s office in Kathmandu yesterday.

Yesterday, police intervened at the party’s office to remove a banner protesting the blockade imposed by the Indians in 2015. The banner placed at the party headquarters at Bakhundol had welcomed Indian Prime Minister Narendra Modi to Nepal but reminded that they hadn’t forgotten the blockade. Police reached the party office just when Modi was landing in Kathmandu from Janakpur.

Members affiliated to the party also urged the government to ensure free speech. At Kathmandu, the party flew balloons that held a banner that read “Blockade”.

Bibeksheel Sajha Party supporters stage demonstration against Modi

May 12, 2018-The Bibeksheel Sajha Party has organised a protest programme against Indian Prime Minister Narendra Modi’s welcome and blockade on Saturday

Supporters of the party staged a demonstration in front of the party office in Bakhundole of the Capital carrying a banner labelled with a slogan ‘You are welcome Modi Ji but we have not forgotten the blockade’. Later, they set aloft balloons with the same slogan.

Earlier on Friday, police tore down a banner put up at the party office protesting the Indian Prime Minister.

Published: 12-05-2018 13:07

http://bit.ly/2wC2qys

प्रहरी हस्तक्षेपबारे विवेकशील साझाको प्रेस वक्तव्य

यही २०७५ बैशाख २८ गते, शुक्रबारदेखि सुरु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सम्बन्धमा विवेकशील साझा पार्टीले आफ्ना धारणा यस अघिनै सार्वजानिक गरेको व्यहोरा सर्वविदितै छ। प्रथमत: छिमेकी मुलुकका प्रधानमन्त्रिको भ्रमणलाई हामीले सकारात्मकरुपमा लिँदै स्वागत नै गरेका हौँl

यद्यपी २०७२ को महाविनाशकारी भूकम्पले थिलथिलो पारिरहेको समयमा भारतले नेपाल बिरुद्ध लगाएको नाकाबन्दी पनि हामीले भूलेका छैनौं भन्ने संदेश हामीले दिन खोजेकै हौँl हाम्रो आशय स्पष्ट थियो र छ, भारतीय प्रधानमन्त्रीले नेपाली नागरिक समक्ष नाकाबन्दीका लागि क्षमायाचना गरेर मात्रै नयाँ शीराबाट विश्वसनीय सम्बन्धको शुरुवात हुनसक्छl

यसै शिलशिलामा हिजो शुक्रबार हाम्रो केन्द्रीय कार्यालय, बखुंडोल, ललीतपुरमा “मोदिजी स्वागत छ, तर नाकाबन्दी विर्सेका छैनौँ” लेखेर टांगिएको ब्यानर प्रहरीद्वारा बलप्रयोग गरि हटाईएको छ। बिना कुनै पुर्जी प्रहरी टोलि पार्टी कार्यालयमा प्रवेश गर्नु, राति अबेरसम्म प्रहरीले केन्द्रीय कार्यालयमा गस्ती गर्नु, सादा पोशाकका मानिसहरुले कार्यालयको निरन्तर निगरानी गर्नु जस्ता घटनाक्रमले हाम्रो कार्यालय परिसरलाई एक ढंगले आतंकित पारिएको छl

प्रहरी हस्तक्षेपको यो शृंखला आज (शनिबार) दिउँसोसम्म निरन्तर छl यसै प्रतिकुलताका वीच हिजो र आज हामीले कालो वेलुन उडाएर हाम्रो सांकेतिक विरोधको कार्यक्रम शान्तिपुर्ण तवरबाट सम्पन्न गरेका छौँl हिजोको प्रहरी हस्तक्षेप बिरुद्ध धनगढ़ी, पोखरा, बुटवल, चितवन लगायतका स्थानहरुमा पनि आज प्रदर्शन भएका छन्l र, त्यहाँ पनि सरकारद्वारा प्रहरी हस्तक्षेप गरिएको छl बुटवलबाट हाम्रा केन्द्रीय नेता एवं प्रदेश ५ का संयोजक श्री अनुपमान सैंजुलगायत दर्जनौं सदस्यहरुलाई पक्राउ गरिएको छl

आफुलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय ‘नाकाबन्दी’ उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो त च्यातिएकै छ नै, धेरैले आशंका गरेजस्तो यो सरकार अलोकत्रन्त्रिक एवं अधिनायकवादी बाटोमा जान लागेको त होइन भन्ने गम्भीर प्रश्न पनि खडा भएको छl

केपी ओली नेत्तृत्वको सरकारको दमनकारी कदमलाई हामीले राजनीतिक स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षपको रुमा लिएका छौँ। सरकारको यो कदम कुनै एउटा पार्टीविशेषका बिरुद्ध भन्दा पनि लोकतन्त्रमा विश्वास राख्ने सबैका बिरुद्धको कदम हो भन्ने हाम्रो ठम्याई छl

अत: हामी समस्त लोकतन्त्र-पक्षधर एवं न्यायप्रेमी जनसमुदायलाई सरकारको असहिष्णु रवैयाका बिरुद्ध एक्यबद्ध हुन आह्वान गर्दछौंl साथै, हिजोको प्रहरी हस्तक्षेपका बिरुद्ध आवाज बुलन्द गर्नुहुने सबै राजनीतिक दलका नेता, नागरिक समाज एवं प्रेस जगत एवं प्रति हार्दिक आभार प्रकट गर्दछौँl

रमेश पौड्याल
प्रवक्ता
विवेकशील साझा पार्टी
२९ वैशाख २०७५