विदेशमा रहनुहुने दशौं लाख नेपालीहरुले नेपालका लागि गरेको आर्थिक, प्राविधिक एवम् सीपमूलक योगदानप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। कोरोना संकटसँगै विदेशबाट दशौँ लाख नेपालीहरु बाध्यात्मक परिस्थितिमा नेपाल फर्किने अनुमान गरिँदैछ। फर्किएका नेपालीका लागि सरकार एवम् केही संस्थाले मात्र सहयोगी भूमिका खेलेर त्यो पर्याप्त नहुने निश्चित छ। यस परिस्थितिमा हामी हाम्रो क्षमताले भ्याएसम्म यहाँहरुसँग सहकार्य गर्न इच्छुक छौँ। साझा पार्टीले फर्केर आउने नेपालीका लागि सातै प्रदेशमा साझा हेल्प डेस्क निर्माण गरेको छ। साझा हेल्प डेस्कको उद्देश्य विदेशबाट फर्किएका नेपालीहरुलाई सरकारी योजनासँग समन्वय गर्न सघाउने तथा उनीहरुसँग अनुभव, सीप, दक्षता र उद्दयमशीलता तालिम सहितको सहकार्य गर्ने रहेको छ। तपाईं फर्किने योजनामा हुनुहुन्छ भने कृपया तलको फारम भरिदिनु हुन अनुरोध गर्दछौं। तपाईंहरु नेपाल आएपछि हामी तपाईंहरुको इच्छा र आवश्यकता अनुसार सहकार्य गर्न इच्छुक छौँ।