‘काठमाडौंबासीको आँखा मेयरतिर, मेयरको ध्यान कतातिर ?’

‘काठमाडौंबासीको आँखा मेयरतिर, मेयरको ध्यान कतातिर ?’काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरले चुनावमा गरेको बाचा पूरा नगरेका भन्दै विरोध गरेको छ । पार्टीले मेयर र उपमेयरले चुनावको बेलामा आफूले गरेको घोषणापत्र हेर्न अनुरोध पनि गरेको छ ।

पाटींले काठमाडौं महानगरपालिका अगाडि, “वर्ष बित्यो, मास्कमात्रै बिक्यो मेयर ज्यू, १०१ काम होइन भ्रम रहेछ, मेयरको बाचा हराएको सूचना, काठमाडौंबासीको आँखा मेयरतिर मेयरको ध्यान कतातिर लेखेका प्लेकार्ड बोकेर विरोधमा उत्रिएका थिए ।

विरोधमा उत्रिएकी विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले सरकारले गर्न नराम्रो कामको आफूहरु सधैं खवरदारीमा उत्रने बताइन् । पार्टीले महानगरका मेयर र उपमयेरले निर्वाचनका बेला गरेको बाचा एक वर्षमा पूरा नगरेको भन्दै घोषणापत्र हेर्न अनुरोधसहितको पत्रसमेत पठाएको छ |

(साभार: बाह्रखरी, जेठ १७ बिहीबार, २०७५)

 

एक वर्ष बित्यो, मास्कमात्र बिक्यो मेयरज्यू’

विवेकशील साझा पार्टीले काठमाडौँको प्रदूषण हटाउन माग गर्दै निकालेको र्‍याली। सबै तस्बिरहरु: बर्षा शाह

काठमाडौँ- काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा १ सय १ काम गर्छु भनेको र त्यसमा प्रदूषण नियन्त्रण गर्ने भनिएपनि निर्वाचित भएको १ वर्ष पुगिसक्दा प्रदूषण नियन्त्रणका लागि कुनै प्रयास नगरेको भन्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो।

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको नेतृत्वमा मास्क लगाएर महानगर अगाडि विरोध गरिएको थियो। प्रदर्शनकारीले ‘मेयर आऊ मास्क हटाऊ, एक वर्ष बित्यो मास्क मात्रै बिक्यो, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

(साभार: देश सञ्चार, जेष्ठ १७, २०७५)

मेयर शाक्यविरुद्ध प्रदर्शन : एक वर्ष बित्यो मास्क मात्र बिक्यो

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य निर्वाचित भएको बिहीबार एक वर्ष पुगेको छ । अघिल्लो वर्ष भएको स्थानीय निर्वाचनमा निर्वाचित भएपछि उनले काम सुरु गरेको एक वर्ष पुगेको छ ।

एक वर्षमा आफूले प्रतिवद्धता गरेको धेरै काम गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ । बिहीबार मेयर शाक्यको विरोधमा विवकेशील साझा पार्टीले काठमाडौं महानगरपालिका कार्यालयबाहिर प्रदर्शन नै गर्‍यो ।

प्रदर्शनमा तत्कालीन विवकेशील नेपाली पार्टीको तर्फबाट चुनावमा मेयर शाक्यकी प्रतिस्पर्धी रञ्जु दर्शना पनि सहभागी थिइन् ।

विवेकशील साझा पार्टीले ‘एक वर्ष वित्यो, मास्क मात्र बिक्यो मेयर ज्यू’, एक सय एक काम होइन एक सय एक भ्रम रहेछ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

 

(साभार: अनलाइनखबर, जेठ १७, २०७५ )

विद्यासुन्दरको एक वर्ष : १०१ काम होइन १०१ भ्रम

विद्यासुन्दरको एक वर्ष : १०१ काम होइन १०१ भ्रम (फोटो फिचर)काठमाडौं– विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ। काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले १०० दिनमा १०१ काम गर्छु भनेको र त्यसमा प्रदूषण नियन्त्रण गर्ने भनिएपनि निर्वाचित भएको १ वर्षवित्दा समेत नियन्त्रणका लागि कुनै प्रयास नगरेको भन्दै विवेकशील साझा प्रदर्शनमा उत्रिएको हो।

नेतृ रञ्जु दर्शनाको नेतृत्वमा नेता कार्यकर्ताले मास्क लगाएर महानगर अगाडि विरोध गरेका थिए। प्रदर्शनकारीले ‘मेयर आउ मास्क हटाउँ, एक वर्ष वित्यो मास्क मात्रै विक्यो मेयर ज्यू, २० प्रतिशत समय वित्यो कति प्रतिशत वाचा पुरा भयो मेयर ज्यू, १०१ काम होइन १०१ भ्रम’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनका क्रममा नेतृ रञ्जु दर्शनाले प्रदूषण नियन्त्रणका लागि दबाब सिर्जना गर्न महानगरलाई मास्क उपहार दिइने बताइन।

 

(साभार: नागरिकन्युज डटकम,जेठ १७, २०७५)

बन्दको बिरोधमा बुटवलमा मोटरसाइकल र्‍याली

३० वैशाख, बुटवल । बन्दको बिरोध गर्दै युवाहरुको समूहले बुटवलमा मोटरसाइकल र्‍याली निकालेका छन् ।

विवेकशील साझा पार्टी र नमस्ते नेपाल नामक युवाहरुको समूहले बन्दको बिरोधमा र्‍याली निकालेको हो । ‘बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित शंकरनगरदेखि बुटवलको गोलपार्कसम्म र्‍याली निकालिएको हो ।

र्‍यालीपछि ट्राफिकचोकमा आयोजित कोणसभामा विवेकशील साझा पार्टी रुपन्देही संयोजक हरिकृष्ण अधिकारी, समूहका अर्जुन खरेल लगायतका युवाहरुले बोल्दै बन्द र हड्तालले कसैको पनि हित नगर्ने हुँदा बन्द सधैंका लागि अन्त्य हुनुपर्ने बताए ।

बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि नराम्रो बनाउने भएकाले बन्दको विकल्पमा अन्य रचनात्मक विरोधका कार्यक्रम गर्नुपर्ने उनीहरुको माग छ ।

बन्द आव्हानका कारण सार्वजनिक यातायातका सवारीसाधन चलेका छैनन् । तर, निजी गाडीहरु र मोटरसाइकल भने चलेका छन् ।

२०७५ वैशाख ३० गते १३:०४ मा प्रकाशित

सरकारको राष्ट्रवादी मुखुण्डो च्यातियो : विवेकशील साझा पार्टी

काठमाडौं– विवेकशील साझा पार्टीले केपी शर्मा ओली नेतृत्वको वाम सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएको टिप्पणी गरेको छ।

‘आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय ‘नाकाबन्दी’ उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएकै छ’, विवेकशील साझाका प्रवक्ता रमेश पौड्यालद्वारा शनिबार जारी प्रेस वक्तव्यमा भनिएको छ।

यस्ता गतिविधीले सरकार अलोकत्रन्त्रिक एवं अधिनायकवादी बाटोमा जान लागेको त होइन भन्ने गम्भीर प्रश्न पनि खडा भएको पनि विवेकशीलले उल्लेख गरेको छ।

‘केपी ओली नेतृत्वको सरकारको दमनकारी कदमलाई हामीले राजनीतिक स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षपको रुमा लिएका छौँ। सरकारको यो कदम कुनै एउटा पार्टीविशेषका बिरुद्ध भन्दा पनि लोकतन्त्रमा विश्वास राख्ने सबैका बिरुद्धको कदम हो भन्ने हाम्रो ठम्याई छ’। विवेकशीलले भनेको छ- ‘अतः हामी समस्त लोकतन्त्र पक्षधर एवं न्यायप्रेमी जनसमुदायलाई सरकारको असहिष्णु रवैयाका बिरुद्ध एक्यबद्ध हुन आह्वान गर्दछौं।’

प्रहरी हस्तक्षेपबारे विवेकशील साझा पार्टीको वक्तव्य

यही २०७५ बैशाख २८ गते, शुक्रबारदेखि सुरु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सम्बन्धमा विवेकशील साझा पार्टीले आफ्ना धारणा यस अघि नै सार्वजनिक गरेको व्यहोरा सर्वविदितै छ। प्रथमतः छिमेकी मुलुकका प्रधानमन्त्रीको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिँदै स्वागत नै गरेका हौँ। यद्यपी २०७२ को महाविनाशकारी भूकम्पले थिलथिलो पारिरहेको समयमा भारतले नेपाल बिरुद्ध लगाएको नाकाबन्दी पनि हामीले भूलेका छैनौं भन्ने संदेश हामीले दिन खोजेकै हौँ। हाम्रो आशय स्पष्ट थियो र छ, भारतीय प्रधानमन्त्रीले नेपाली नागरिक समक्ष नाकाबन्दीका लागि क्षमायाचना गरेर मात्रै नयाँ शीराबाट विश्वसनीय सम्बन्धको शुरुवात हुनसक्छ।

यसै शिलशिलामा हिजो शुक्रबार हाम्रो केन्द्रीय कार्यालय, बखुंडोल, ललीतपुरमा “मोदिजी स्वागत छ, तर नाकाबन्दी विर्सेका छैनौँ” लेखेर टांगिएको ब्यानर प्रहरीद्वारा बलप्रयोग गरि हटाईएको छ। बिना कुनै पुर्जी प्रहरी टोली पार्टी कार्यालयमा प्रवेश गर्नु, राति अबेरसम्म प्रहरीले केन्द्रीय कार्यालयमा गस्ती गर्नु, सादा पोशाकका मानिसहरुले कार्यालयको निरन्तर निगरानी गर्नु जस्ता घटनाक्रमले हाम्रो कार्यालय परिसरलाई एक ढंगले आतंकित पारिएको छ। प्रहरी हस्तक्षेपको यो शृंखला आज (शनिबार) दिउँसोसम्म निरन्तर छ।

यसै प्रतिकुलताका बीच हिजो र आज हामीले कालो वेलुन उडाएर हाम्रो सांकेतिक विरोधको कार्यक्रम शान्तिपुर्ण तवरबाट सम्पन्न गरेका छौँ। हिजोको प्रहरी हस्तक्षेप बिरुद्ध बुटवल, चितवन लगायतका स्थानहरुमा पनि आज प्रदर्शन भएका छन्। र, त्यहाँ पनि सरकारद्वारा प्रहरी हस्तक्षेप गरिएको छ। बुटवलबाट हाम्रा केन्द्रीय नेता एवं प्रदेश ५ का संयोजक श्री अनुपमान सैंजुलगायत दर्जनौं सदस्यहरुलाई पक्राउ गरिएको छ।

आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय ‘नाकाबन्दी’ उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो त च्यातिएकै छ नै, धेरैले आशंका गरेजस्तो यो सरकार अलोकत्रन्त्रिक एवं अधिनायकवादी बाटोमा जान लागेको त होइन भन्ने गम्भीर प्रश्न पनि खडा भएको छ।

केपी ओली नेत्तृत्वको सरकारको दमनकारी कदमलाई हामीले राजनीतिक स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षपको रुमा लिएका छौँ। सरकारको यो कदम कुनै एउटा पार्टीविशेषका बिरुद्ध भन्दा पनि लोकतन्त्रमा विश्वास राख्ने सबैका बिरुद्धको कदम हो भन्ने हाम्रो ठम्याई छ। अतः हामी समस्त लोकतन्त्र(पक्षधर एवं न्यायप्रेमी जनसमुदायलाई सरकारको असहिष्णु रवैयाका बिरुद्ध एक्यबद्ध हुन आह्वान गर्दछौं। साथै, हिजोको प्रहरी हस्तक्षेपका बिरुद्ध आवाज बुलन्द गर्नुहुने सबै राजनीतिक दलका नेता, नागरिक समाज एवं प्रेस जगत एवं प्रति हार्दिक आभार प्रकट गर्दछौँ।

विवेकशील साझाले उडायो ‘नाकाबन्दी’ बेलुन

विवेकशील साझा पार्टीले शुक्रबार पार्टी कार्यालयमा टाँगिएको तुल प्रहरीले हटाएको विरोधमा शनिबार प्रदर्शन गरेको छ।

ललितपुरस्थित पार्टी कार्यालयमा विवेकशील साझाका नेता/कार्यकर्ताले ‘मोदीजी, स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं’, ‘अधिनायकवादी ओली सरकार होसियार’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे।

प्रर्दशनपछि नाकाबन्दी लेखिएको बेलुन आकाशमा उडाइएको छ।

दुई दिने राजकीय भ्रमण आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साढे २ वर्षअघिको नाकाबन्दी सम्झाउन विवेकशील साझाले प्रदर्शन गरेको हो।

यसअघि शुक्रबार सो पार्टीले मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं लेखेर कार्यालयमा टाँगेको तुल प्रहरीले झिकेर लगेको थियो।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस केन्द्रीय सदस्य गगन थापा लगायत नेताले सरकारको सो कदम निन्दनीय भएको बताएका छन्।

Bibeksheel Sajha flies balloons against blockade, protests in Dhangadi

DHANGADI, KATHMANDU, May 12: Bibeksheel Sajha Party, Dhangadi held a silent protest as they welcomed visiting Indian Prime Minister Narendra Modi but reechoed they were hadn’t forgotten the blockade.

The party’s members held placards at a road near Dhangadi park for around 30 minutes. BSP’s Dhangadi chapter also condemned police intervention at the party’s office in Kathmandu yesterday.

Yesterday, police intervened at the party’s office to remove a banner protesting the blockade imposed by the Indians in 2015. The banner placed at the party headquarters at Bakhundol had welcomed Indian Prime Minister Narendra Modi to Nepal but reminded that they hadn’t forgotten the blockade. Police reached the party office just when Modi was landing in Kathmandu from Janakpur.

Members affiliated to the party also urged the government to ensure free speech. At Kathmandu, the party flew balloons that held a banner that read “Blockade”.

Bibeksheel Sajha Party supporters stage demonstration against Modi

May 12, 2018-The Bibeksheel Sajha Party has organised a protest programme against Indian Prime Minister Narendra Modi’s welcome and blockade on Saturday

Supporters of the party staged a demonstration in front of the party office in Bakhundole of the Capital carrying a banner labelled with a slogan ‘You are welcome Modi Ji but we have not forgotten the blockade’. Later, they set aloft balloons with the same slogan.

Earlier on Friday, police tore down a banner put up at the party office protesting the Indian Prime Minister.

Published: 12-05-2018 13:07

http://bit.ly/2wC2qys

ओलीको भारतप्रति पुरानै ‘लम्पसारवाद’ चरित्र फर्कियो– रवीन्द्र मिश्र

आफ्नो पार्टीले शान्तिपूर्ण रूपमा कार्यालयभित्रै गरेको विरोध प्रदर्शनसमेत बिथोलेर प्रधानमन्त्री केपी ओलीले भारतकाप्रति पुरानै लम्पसारवाद चरित्र देखाएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बताएका छन्।

‘उनको विगत सबैका अघिल्तिर प्रष्ट हुँदाहुँदै पनि नाकाबन्दीको बेला जनमत बटुल्न र चुनावमा जित्नका निम्ति राष्ट्रवादको डंका पिटेका थिए,’ मिश्रले भने, ‘अब चाहिँ सत्ता टिकाउनका निम्ति फेरि पुरानै लम्पसारवाद चरित्र देखाउन थालेका हुन्।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आएको समय पारेर आफ्नो पार्टीले शुक्रबार भद्र विरोध जनाउँदै पार्टी कार्यालयभित्रै ब्यानर राखेको मिश्रले बताए। बखुण्डोलस्थित पार्टी भवनमा झुण्ड्याइएको ब्यानरमा केबल ‘मोदीजी स्वागत छ। तर, नाकाबन्दी बिर्सेका छैनौं।’ लेखिएको थियो।

मिश्रका अनुसार पार्टीको अभियान विभागले त्यस्तो ब्यानर तयार पारेर झुण्ड्याउने काम गरेको थियो। उक्त विभागको कामै यस्ता गतिविधिको नेतृत्व गर्दै भद्र तवरबाट आफ्ना कुरा राख्नु हो। विभागले सार्वजनिक महत्त्वका विषयमा यसरी नै निरन्तर अभियान चलाउँदै आएको थियो।

‘तर, शुक्रबार भने अचानक राज्यले हाम्रो यो कार्यलाई गलत देख्दै ब्यानर थुत्ने काम गरेको छ,’ मिश्र भन्छन्, ‘यो असंवैधानिक कदम हो।’

मिश्रका अनुसा दिउँसो साढे दुई बजे डिएसपीको नेतृत्वमा आएको प्रहरी टोलीले ‘सिडिओ र माथिको आदेश’ भन्दै ब्यानर झिकेर लैजानुपर्ने बताए। त्यतिबेला पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेकै थियो।

‘हामीले कतै केही नबिथोलिने गरी आफ्नै कार्यालयमा आफ्नो अभिब्यक्ति व्यक्त गरेको उल्लेख गर्‍यौं,’ मिश्रले भने, ‘प्रहरीहरू मानेनन् र ब्यानर झिकेर लगे।’

प्रहरीको यस कदमपछि केन्द्रीय समिति बैठकमा सरिक नेताहरूसहितको टोली विरोध जनाउनका लागि ललितपुर जिल्ला प्रशासन कार्यालय पुगेको थियो। मिश्रका अनुसार टोलीलाई कार्यालयभित्र पस्नै रोकियो। एक घन्टा कुराएपछि चाहिँ सहायक प्रमुख जिल्ला अधिकारी भेट्न तयार भए।

‘यो हाम्रो संवैधानिक अधिकार विरुद्धको काम भयो भन्दै ब्यानर फिर्ता माग्यौं,’ मिश्र भन्छन्, ‘सहायक प्रजिअले यस कुरालाई प्रमुख जिल्ला अधिकारीसमक्ष राख्ने मात्र जवाफ दिए।’

टोली त्यसपछि पार्टी कार्यालय फर्किएको थियो। फर्कँदा कार्यालयमा प्रहरी तैनाथ थिए। जिल्ला प्रशासन कार्यालयमा विरोध जनाएर आएको टोलीले फेरि पनि ब्यानर राख्न खोज्दा जतिपटक प्रयास गरियो उति नै पटक प्रहरीले निकालिदिएका थिए।

‘पछिल्लोपटक चाहिँ कताबाट के आदेश पाए थाहा छैन,’ मिश्र भन्छन्, ‘हामीले भर्खर त्यहाँ झुण्ड्याएको ब्यानर चाहिँ निकालेका छैनन् र बाहिर चाहिँ कार्यालयलाई प्रहरीले घेराबन्दी गरिरहेको स्थिति छ।’

यसैबीच उक्त घटनाबारे थाहा पाएपछि पार्टीका शुभेच्छुकहरू कार्यालयमा जम्मा भएर नाराबाजी पनि गरेका छन्।

‘केपी ओली कस्ता मानिसहरूसँग भेट्थे र भारतसँग कुन स्तरले सम्बन्ध गाँसेर बसेका थिए भन्ने कुरा थुप्रै पुस्तक, पत्रिका र दस्ताबेजहरूमा जगजाहेर भएकै कुरा हो,’ मिश्रले भने, ‘तर, चुनावको मुखमा नेपाली जनतालाई झुक्याउन सफल भएका उनको राष्ट्रवादको खोक्रोपना अहिले उजागर भएको छ।’