
साझाले बनायो जेष्ठ नागरिक संगठन, संयोजकमा श्रेष्ठ
साझा पार्टीले जेष्ठ नागरिक संगठन बनाएको छ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा बिहीबार साझाले महेन श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय तदर्थ केन्द्रीय समिति बनाएको हो।
साझा जेष्ठ नागरिक संगठनको महासचिव चक्र न्यौपाने हुन्।
‘कल्याणकारी लोकतन्त्रमा विश्वास गर्ने साझा पार्टी ज्येष्ठ नागरिकहरूको लोकतान्त्रिक अधिकारमात्र होइन सामाजिक सुरक्षा तथा सार्वजनिक स्वास्थ्य सेवामा सबैको निशुल्क पहुँच राज्यको अकाट्य दायित्व हुनु पर्छ भन्ने मान्यता राख्दछ,’ साझाले निकालेको विज्ञप्तिमा उल्लेख छ।
– सेतोपाटी