
साझा ज्येष्ठ नागरिक संगठनको घोषणा
साझा पार्टीले साझा ज्येष्ठ नागरिक संगठनको १५ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा गरेको छ।
बिहीबार ‘अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसर पारेर नेपालका ज्येष्ठ नागरिकहरूको हक, हित, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने पार्टीको लक्ष्यलाई मद्दत पुर्याउने उद्देश्यका साथ नागरिक संगठनको घोषणा गरेको साझाले जनाएको छ। उक्त समितिको संयोजकमा हाल महेन श्रेष्ठ र महासचिव चक्र न्यौपाने रहेका छन्।
समितिका अन्य सदस्यहरूम कृष्णा ताम्राकार, प्रा डा जगन्नाथ श्रेष्ठ, विनय शर्मा, कीर्ति तुलाधार, विकल शेरचन, जगदिश्वर यादव, टिकाप्रसाद विमली, डा बोधप्रसाद पराजुली, घनबहादुर शाह, केवलमान श्रेष्ठ, बलराम सापकोटा, देविदत्त ज्ञवाली र तारा ढुंगाना रहेका छन्
संयुक्त राष्ट्र संघले सन् १९९० मा अक्टोबर एक तारिखलाई ज्येष्ठ नागरिक दिवस घोषणा गरेको थियो।
साझा पार्टीले ज्येष्ठ नागरिकहरूको लोकतान्त्रिक अधिकारमात्र होइन सामाजिक सुरक्षा तथा सार्वजनिक स्वास्थ्य सेवामा सबैको निशुल्क पहुँच राज्यको अकाट्य दायित्व हुनुपर्छ भन्ने मान्यता राख्ने जनाएको छ।