Skip links

विवेकशील साझामा १४ जना केन्द्रीय सदस्य मनोनीत

विवेकशील साझाले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

फागुन १५ र २७ मा बसेको केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्यहरू मनोनीत भएका हुन्।

भक्तपुरका सुरज प्रधान, काठमाडौंका सुरेन्द्र रानाभाट गत फागुन १५ मा बसेको केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका हुन्।

पार्टी विधानअनुसार पार्टीमा निरन्तर क्रियाशील रहेका समावेशी, भूगोल र प्रतिबद्धताजस्ता मापदण्डका आधारमा केन्द्रीय सदस्यहरू मनोनीत गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए।

यस्तै गोरखाका नवराज थापा, बाराका रूस्तम अन्सारी, कर्णाली प्रदेशका सूर्यदीप रेग्मी (दीपक), काठमाडौंका चक्र न्यौपाने, निर्जला कक्षपति, सुदूरपश्चिमका हरि भट्ट, काठमाडौंका धनेज थापा, गण्डकीका सरोज गौतम, ललितपुरका मिलन परियार, काठमाडौंका निरञ्जन चापागाईं, गण्डकीका शिशिर बन्जारा, चन्द्र श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोतीत गरिएको हो।

बैठकले वृहत्तर छलफलबाट वार्षिक क्यालेन्डर बनाउने र पार्टी गतिविधि तथा अभियान सञ्चालन गर्नेसमेत निर्णय गरेको छ।

प्रदेशका अधिवेशन प्राथमिकतामा राखिएको विवेकशील साझाले जनाएको छ। महाधिवेशनको सन्देश लिएर देशव्यापी यात्रा सुरू गर्ने तयारीसमेत रहेको अध्यक्ष समीक्षा बाँस्कोटाको भनाइ छ।

Source: Setopati

Leave a comment

This website uses cookies to improve your web experience.