Skip links

महावीर पुनको सामाजिक आन्दोलनमा विवेकशील साझाको ऐक्यवद्धता

काठमाडौं। विवेकशील साझा पार्टीले महावीर पुनको सामाजिक आन्दोलनमा ऐक्यवद्धता जनाएको छ। अनुसन्धान, नवप्रर्वतन र आविष्कारको लागि पुनले सुरु गरेको सामाजिक आन्दोलन र  धर्ना कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै विवेकशील साझा पार्टीका अध्यक्ष समिक्षा बास्कोटाले ऐक्यवद्धता जनाउनु भएको हो।

राजधानीको माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले अनुसन्धान, नबप्रवर्तन र आविष्कारसँग जोडिएका झण्डै १ दर्जन माग राखेर पुनले सुरु गरेको सामाजिक आन्दोलनलाई आफूहरुको पूर्ण साथ र समर्थन रहेको बताउनु भयो। आविष्कार देशको परिचय र उद्यमशीलतासँग समेत जोडिएको विषय भन्दै अध्यक्ष बास्कोटाले माइतीघरमै सुतेर आन्दोलन जारी राखेका माग पुरा गर्न सरकार तत्काल बिउँझिनु पर्ने धारणा राख्नु भयो।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक पुनले  अनुसन्धान, नबप्रवर्तन र आविष्कार कोष खडा गर, यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यवस्था गर लगायतका झण्डै १ दर्जन माग राख्दै शुक्रवार देखि आन्दोलन सुरु गर्नुभएको छ। पुनले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाउन देशभरका शहरमा स्वतःस्फूर्त रुपमा नागरिकले प्रदर्शन गर्न थालेका छन्।

Source: KarnaliPost

Leave a comment

This website uses cookies to improve your web experience.