Skip links

नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध विवेकशील साझाको प्रदर्शन (तस्बिरहरू)

विवेकशील साझा पार्टीको युवा संगठनले नक्कली भुटानी शरणार्थी प्रकरणको विरूद्ध प्रदर्शन गरेको छ।

मंगलबार दिउँसो माइतीघर मण्डलमा उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरू विभिन्न नारासहित प्रदर्शनमा उत्रिएका थिए।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको घटनाबारे खबरदारी गर्दै प्रदर्शन गरेका हुन्।

उनीहरूले भिआइपी अपराधीहरूलाई पक्राउ गर, भन्नेछौं हामी बारम्बार भ्रष्टाचारीलाई कारागार, मानव तस्कर र लुटेरालाई कारबाही गर, टोपबहादुर कि टापबहादुर लगायत विभिन्न नारासहित प्रदर्शन गरेका थिए।

प्रदर्शनमा पार्टीकी महासचिव रन्जु दर्शना पनि सहभागी भएकी थिइन्।

तस्बिरहरू:












Source: Setopati

Leave a comment

This website uses cookies to improve your web experience.