Skip links

अपूर्वाको माफि स्वीकार गर्दै मुद्धा फिर्ता गरोैँ, सामाजिक सहिष्णुताको जगेर्ना गरोैँ! 

स्ट्यान्डअप कमेडियन’ अपूर्वा क्षितिज सिंहले माफि माग्दै आफ्नो विवादस्पद कमेडी युटुबवाट हटाएर सामुदायिक भावनाको सम्मान गरे पनि उनको मुद्धा अझै विचाराधीन भईरहदा समुदाय विभक्त हुने खतराप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। 

कलाकार सिंहलाई २ पटक गरि १५ दिन भन्दा बढी हिरासतमा राखी सकिएको र यस विषयले समाजको २ अतिवादी शक्ति मुखरर हुँदा नेपाली समाजको सहिष्णु शक्तिमा समेत क्षय हुँदै गएकोप्रति सवै सरोकारवाला संवेदनशील हुन विवेकशील साझा पार्टी हार्दिक अपील गर्दछ। 

सरकारले पक्ष र विपक्षमा रहेका समुदायलाई उत्तेजीत हुन नदिई सहज वातावरणका साथ विषयलाई टुंग्याउन र मुद्धा दायर गरेकाहरुलाई पनि विश्वासमा लिएर समस्या समाधान गर्ने वातावरण वनाउन हामी आग्रह गर्दछोैँ। 

विवेकशील साझा पार्टी संवैधानिक रुपमा लिपीबद्ध अभिब्यक्ति स्वतन्त्रताको पक्षमा सदा प्रतिबद्ध रहेको छ। हामी अभिब्यक्ति स्वतन्तन्त्रताको दुरुपयोग र अभिव्यक्ति स्वतन्त्रता सीमाहीन छ भन्ने पक्षमा भने कदापी छैनोैँ । 

हामी मर्यादित अभिब्यक्ति स्वतन्त्रताको अभ्यासका लागि सचेत र जिम्मेवार हुँदै आफ्नो कला प्रस्तुत गर्न पाउने प्रत्याभूतिका लागि वातावरण बनाउन कलाकार, सरकार र सरोकारवालाहरुको विशेष ध्यानाकर्षण गराउन चाहन्छोैँ। 

हामी उजुरीकर्तालाई मुद्धा फिर्ता लिएर सामाजिक सहिष्णुता कायम राख्न र सरकारलाई विशेष पहल कदमी लिन आग्रह गर्दछौ। 

सप्रेम 

प्रकाशचन्द्र परियार 

प्रवक्ता 

विवेकशील साझा पार्टी 

२०७९/०७/०५ 

 

Leave a comment

This website uses cookies to improve your web experience.