नयाँ पुस्तालाई गौरवमय ईतिहास सम्झाउने, धरातलीय यथार्थ बुझाउने अभियान चलाईने।
अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय ईतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझा पार्टीले ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र’ सार्वजनिक गरेको हो।
एशियाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धी अगाडीको भू-भाग र वर्तमान भु-भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि वौद्ध स्तुपा सम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन।
गौरवमय इतिहासमा ‘मानसरोवरदेखि गंगा मैदान सम्म’का धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काईएको छ।
हालै छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भू-भागलाई समेत राखेर बनाईएको ‘अखण्ड भारत’ को नयाँ नक्सा प्रति नेपाल सरकारले ओैपचारिक खण्डन नगरेको र कुटनीतिक नोट समेत पठाएको छैन।
यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो।
विश्व सम्पदा सूचीमा सुचिकृत सार्वभौम नेपालका महत्वपूर्ण भू-भाग लुम्बिनी र कपिलवस्तु समेटेर ‘अखण्ड भारत’को नक्सा संसद भवनमा राख्ने भारतीय हेपाहा प्रबृत्तिको घोर भर्त्सना गर्दछौं।
भारत अतिक्रमित नेपालको भुमी लिपुलेक-लिम्पियाधुरा-कालापानी र अतिक्रमित अन्य सम्पुर्ण भुभाग भारतले छोड्नु पर्ने विवेकशील साझा पार्टीको पूर्ववत अडानकावीच साँस्कृतिक मानचित्र प्रकाशनमा आएको हो।
विवेकशील साझा पार्टी ‘ऐतिहासिक नेपालको साँस्कृतिक मानचित्र’लाई नेपालको संसद, प्रशासनिक र सार्वजनिक कार्यालयहरुमा राखेर ऐक्यवद्धता जनाउन सरोकावाला सबैलाई हार्दिक अपील गर्दछ।
आशुतोष प्रधान
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: २०८०/०३/१५ गते